विद्यालयको बसले ठक्कर दिँदा बालकको मृ-त्यु


दाङ। तुलसीपुर उपमहानगरपालिका–७ गैरापातुमा स्कुल बसको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु भएको छ।

बुधबार बिहान करिब १० बजे गैरापातुस्थित झोलुङ्गे पुल नजिकै लु.प्र.०२–००१ क ०००४ नम्बरको लक्ष्य एकेडेमीको बसले पैदलयात्री बालकलाई ठक्कर दिएको थियो।

बसको ठक्करबाट घाइते भएका तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवामा डेरा गरी बस्ने पप्पु नेपालीका छोरा अन्दाजी दुई वर्षीय आयन नेपालीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।