काठमाडौँ । नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिँदै गगनकुमार थापालाई समर्थन गर्ने घोषणा गरेका छन्।
बुधबार पत्रकार सम्मेलन गर्दै राठौरले कांग्रेस सभापति पदमा थापालाई समर्थन गर्ने घोषणा गरेका हुन्। उनले मंगलबार सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका थिए।
उम्मेदवारी फिर्ता घोषणा गरेलगत्तै राठौर बुधबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी औपचारिक रूपमा फिर्ता लिएका छन्। उम्मेदवारी फिर्ता लिएसँगै उनले थापालाई सभापति पदमा समर्थन गर्ने स्पष्ट पारे।
राठौरको उम्मेदवारी फिर्तासँगै नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि अब गगनकुमार थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ। सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरूबीचको प्रतिस्पर्धाले महाधिवेशनको निर्वाचन प्रक्रिया थप निर्णायक चरणमा प्रवेश गरेको छ।
राठौरको समर्थनसँगै सभापति पदको निर्वाचनमा थापाको पक्षमा थप समर्थन जुटेको छ। अब कांग्रेस महाधिवेशन प्रतिनिधिले बिहीबार हुने मतदानमार्फत नयाँ सभापतिसहित पार्टीको आगामी नेतृत्व चयन गर्नेछन्।

















प्रतिक्रिया