देउवा पक्षको अधिवेशनमा मिश्रित दृश्य : कतै भव्यता, कतै सुनसान


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गतको बन्दसत्र पाँच घण्टा ढिलो गरी सुरु भएको छ।

बुधबार बिहान साढे १० बजेका लागि बोलाइएको बन्दसत्र वर्षाका कारण प्रभावित भएपछि अपराह्न ४ बजेबाट सुरु भएको कांग्रेसको नीति प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेश आचार्यले जानकारी दिए।

बन्दसत्रमा सभापति गगनकुमार थापाले केहीबेरमा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ।

यसैबीच, सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिँदै सभापति थापालाई समर्थन गर्ने घोषणा गरेका छन्। उनले बुधबार उम्मेदवारी फिर्ता लिएका हुन्।

कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेका बेला राठौरको उम्मेदवारी फिर्ता र थापालाई समर्थन गर्ने घोषणालाई महत्त्वपूर्ण घटनाका रूपमा हेरिएको छ।