कांग्रेसको बन्दसत्रबाट चार प्रतिवेदन पारित


काठमाडौँ । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनअन्तर्गत बुधबार बसेको बन्दसत्रबाट चारवटा प्रतिवेदन पारित भएका छन्।

बन्दसत्रले सभापति गगनकुमार थापाले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रतिवेदन, महामन्त्री गुरु घिमिरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदन पारित गरेको हो।

चारवटै प्रतिवेदनमाथि बन्दसत्रमा छलफल भएपछि पारित गरिएको कांग्रेसले जनाएको छ।

प्रतिवेदन पारित भएसँगै कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन प्रक्रियातर्फ अघि बढ्ने भएको छ। महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता तथा निर्वाचनसम्बन्धी प्रक्रिया अघि बढाइनेछ।

सभापतिसहित विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका नेताहरूले यसअघि नै प्रचारप्रसार तथा प्रतिनिधिसँगको भेटघाटलाई तीव्र बनाएका छन्।