स्मित मच्छारलाई इजरायलको सर्वोच्च सम्मान दिने घोषणा, राष्ट्रपतिले गरे प्रशंसा


काठमाडौँ । भारतीय पाइलट स्मित मच्छारलाई इजरायलको सर्वोच्च नागरिक सम्मान प्रदान गरिने भएको छ। विमानको ककपिटभित्र सहपाइलटको आक्रमणको सामना गर्दै १७४ यात्रु तथा चालक दलका सदस्यको ज्यान जोगाउन भूमिका खेलेका मच्छारलाई इजरायलले ‘प्रेसिडेन्सियल अवार्ड फर सिभिलियन हिरोइज्म’ प्रदान गर्ने भएको हो।

इजरायलका राष्ट्रपति इसाक हर्जोगले मच्छार पूर्ण रूपमा निको भएपछि उक्त सम्मान प्रदान गरिने बताएका छन्। उनले मच्छारको साहस र व्यावसायिक दक्षताको प्रशंसा गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।

राष्ट्रपति हर्जोगका अनुसार मच्छारले देखाएको साहसले ठूलो दुर्घटना हुनबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो। उनको योगदानको कदर गर्दै सम्मान प्रदान गर्न पाउनु गौरवको विषय हुने पनि हर्जोगले बताएका छन्।

इजरायलले नागरिकको साहस र असाधारण योगदानको सम्मान गर्ने क्रममा भारतीय पाइलट मच्छारलाई पनि सम्मानित गर्न लागेको हो। उनको साहस र जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई यस सम्मानमार्फत कदर गर्न लागिएको बताइएको छ।

प्राप्त विवरणअनुसार, फ्लाई दुबईको विमानको ककपिटभित्र ओमानी सहपाइलटले मच्छारमाथि क्र्यास एक्सले आक्रमण गरेका थिए। आक्रमणका बाबजुद मच्छारले प्रतिरोध गर्दै विमानमा सवार यात्रु तथा चालक दलका सदस्यको सुरक्षाका लागि भूमिका खेलेका थिए।

मच्छार पूर्ण रूपमा स्वस्थ भएपछि सम्मान प्रदान गरिने राष्ट्रपति हर्जो