राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा पशुपति शर्मा निर्विरोध निर्वाचित


काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध निर्वाचित भएका छन्। महोत्तरीको बर्दिबासमा जारी प्रतिष्ठानको नवौँ केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदमा शर्माको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन्।

नेपाली लोकसङ्गीतमा लामो समयदेखि सक्रिय शर्माले मौलिक लोकभाका, व्यङ्ग्यात्मक प्रस्तुति र जनजीवनसँग जोडिएका गीतमार्फत छुट्टै पहिचान बनाएका छन्। यसअघि प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष रहेका उनी अब अध्यक्षको जिम्मेवारीमा पुगेका हुन्।

महाधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी, द्वितीय उपाध्यक्ष (साङ्गठनिक) र कोषाध्यक्षमा जुना शिरिष पनि निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, सचिव (प्रशासनिक) मा उत्तम शर्मा, सचिव (उपत्यका) मा सुजन लम्साल, सचिव (विदेश) मा सूर्य खड्का तथा सहसचिव (साङ्गठनिक) मा कुमार राना निर्विरोध चयन भएका छन्।

प्रतिष्ठानको अन्य पदमा भने निर्वाचन हुने भएको छ। द्वितीय उपाध्यक्ष (प्रशासनिक) पदका लागि राधिका हमाल पुन र रमेशराज भट्टराईबीच प्रतिस्पर्धा हुँदै छ। त्यस्तै, एक महिलासहित आठ उपाध्यक्षका लागि १४ जना उम्मेदवार मैदानमा छन्।

महासचिव पदमा शिव हमाल र शिरिष देवकोटाबीच