काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आज दिउँसो ३ बजे बस्ने गरी मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने भएको हो।
बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही, समसामयिक विषय तथा विभिन्न नीतिगत निर्णयबारे छलफल हुने जनाइएको छ।
सरकार सञ्चालन, प्रशासनिक प्रक्रिया र आवश्यक नीतिगत विषयमा मन्त्रिपरिषद्ले गर्ने निर्णयलाई चासोका साथ हेरिएको छ। बैठकपछि सरकारले गरेका निर्णयबारे थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।

















प्रतिक्रिया