काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। यसैक्रममा दोलखा जिल्ला सभापति बर्मा लामाले पनि मतदान गरेका छन्।
कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनका लागि भइरहेको मतदानमा महाधिवेशन प्रतिनिधिहरूले आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्। सभापतिदेखि विभिन्न पदका उम्मेदवार प्रतिस्पर्धामा रहेकाले नेतृत्व चयनको प्रक्रियालाई चासोका साथ हेरिएको छ।
मतदान प्रक्रिया सम्पन्न भएपछि मतगणना सुरु गरिनेछ। त्यसपछि प्राप्त मतका आधारमा कांग्रेसको नयाँ नेतृत्व चयन हुनेछ।

















प्रतिक्रिया