काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान जारी छ। यसैक्रममा सहमहामन्त्री पदका उम्मेदवार अजयबाबु शिवाकोटीले पनि मतदान गरेका छन्।
बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ। मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी हुँदै आफ्नो मताधिकार प्रयोग गरिरहेका छन्।
कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व चयनका लागि सभापतिसहित विभिन्न पदमा उम्मेदवारी दिएका नेताहरू प्रतिस्पर्धामा छन्। मतदान सम्पन्न भएपछि मतगणना प्रक्रिया अघि बढ्नेछ र त्यसबाट पार्टीको नयाँ नेतृत्व चयन हुनेछ।

















प्रतिक्रिया