गोरखा । बुढीगण्डकीमा आएको बाढीले ३४१ मेगावाट क्षमताको निर्माणाधीन बुढीगण्डकी हाइड्रोपावरको क्याम्प बगाएको छ। आज बिहान आएको बाढीले जलविद्युत् आयोजनाका संरचनामा क्षति पुर्याएको हो।
बाढीले बुढीगण्डकी हाइड्रोपावरसँगै दोभानखोला हाइड्रोपावरको बेलिब्रिज र भवनहरू पनि बगाएको छ। त्यस्तै, यारुखोलाको बेलिब्रिज र भवनसमेत बाढीले बगाएको जनाइएको छ।
बाढीका कारण नदी आसपासका क्षेत्रमा जोखिम बढेको छ। बुढीगण्डकीको बहावले मुग्लिङसम्म असर पार्न सक्ने भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित रहन र नदीको बहाव बढेको अवस्थामा किनारतर्फ नजान आग्रह गरिएको छ।
बाढीबाट भएको क्षति तथा प्रभावित क्षेत्रको अवस्थाबारे थप विवरण आउन बाँकी छ।

















प्रतिक्रिया