काठमाडौँ । बुढीगण्डकी नदीमा आएको बाढीपछि पहिरोको जोखिममा रहेको गोरखाको जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरिएको छ।
प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत नेपाली सेनाले हवाई तथा स्थल मार्गबाट खोज तथा उद्धार कार्य गरिरहेको जानकारी दिएका हुन्।
उनका अनुसार उद्धार कार्यका लागि काठमाडौँमा रहेको संयुक्त द्रुत प्रतिक्रिया टोलीसमेत हवाई साधनमार्फत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
बुढीगण्डकी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न हेलिकप्टर परिचालन गरिएको प्रधानमन्त्री शाहले बताएका छन्।
बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य जारी रहेको छ।

















प्रतिक्रिया