काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति पदको मतगणनामा खुलातर्फ डा. चन्द्रकान्त भण्डारीले अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार भण्डारीले १ हजार ५७ मत प्राप्त गरेका छन् ।
खुलातर्फ ई. मधु आचार्यले ७१२ मत प्राप्त गरेका छन् भने सुरेन्द्रराज पाण्डेले ६८० मत पाएका छन् ।
त्यस्तै, समावेशीतर्फ विनोदकुमार चौधरीले ६१५ मत प्राप्त गरेका छन् । जीवन परियारले ५७८ मत पाएका छन् भने सीता गुरुङले ३३४ मत प्राप्त गरेकी छन् ।
उपसभापति पदका उम्मेदवारहरूको मतपरिणाम यसप्रकार छ :
उपसभापति (खुला)
डा. चन्द्रकान्त भण्डारी — १,०५७ मत
ई. मधु आचार्य — ७१२ मत
सुरेन्द्रराज पाण्डे — ६८० मत
उपसभापति (समावेशी)
विनोदकुमार चौधरी — ६१५ मत
जीवन परियार — ५७८ मत
सीता गुरुङ — ३३४ मत
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउँदासम्म उम्मेदवारहरूको मतसंख्या परिवर्तन हुन सक्नेछ ।

















प्रतिक्रिया