कांग्रेस सहमहामन्त्रीको दौडमा खतिवडा र सिवाकोटी अगाडि


काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (खुला दुई) पदको मतगणनामा रामहरि खतिवडाले अग्रता कायम राखेका छन्।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा हालसम्म ५ हजार ८९ मत गणना भएको छ। प्राप्त विवरणअनुसार खतिवडाले २ हजार १७८ मत प्राप्त गरेका छन्।

दोस्रो स्थानमा रहेका अजयबाबु सिवाकोटीले १ हजार ५५६ मत पाएका छन्। त्यस्तै, डिल्लीराम सुवेदीले १ हजार २९४, देवेन्द्रराज कँडेलले १ हजार १२ र राजीव ढुंगानाले ९०१ मत प्राप्त गरेका छन्।

अन्य उम्मेदवारमध्ये विकास कोइरालाले ८१५, अमृतकुमार अर्यालले ६६६, रमेशप्रसाद धमलाले ५८० र विमलराज क्षेत्रीले १९६ मत पाएका छन्।

सहमहामन्त्री (खुला दुई) पदका लागि भएको निर्वाचनको मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।