काठमाडौँ । गत वर्ष भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा सहभागी भएको आरोपमा पक्राउ परेका युवाहरूका आमाहरूले आफ्ना छोराहरूको रिहाइको माग गर्दै मंगलबार सिंहदरबार अगाडि धर्ना दिएका छन्।
युनिक श्रेष्ठ, मिलन खत्री र अनुपम भण्डारीका आमाहरू सिंहदरबारको प्रवेशद्वार अगाडि धर्नामा बसेका हुन्। प्रहरी हिरासतमा रहेका आफ्ना छोराहरूलाई रिहा गर्न माग गर्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
जेनजी आन्दोलनमा सहभागी भएको आरोपमा पक्राउ परेका युवाहरूको रिहाइको माग गर्दै आमाहरू धर्नामा उत्रिएका हुन्। आफ्ना छोराहरूको रिहाइका लागि उनीहरूले सिंहदरबार अगाडि धर्ना दिएर सम्बन्धित निकायसमक्ष माग राखेका छन्।






















प्रतिक्रिया