करण केसीको नेतृत्वमा मैदान उत्रिँदै काठमाडौं गोर्खाज


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि काठमाडौं गोर्खाजले उपाधि जित्ने लक्ष्यसहित टोली तयार पारेको छ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर करण केसीको कप्तानीमा मैदान उत्रिने काठमाडौं गोर्खाजले यसपटक अघिल्ला संस्करणको प्रदर्शन सुधार्ने लक्ष्य राखेको छ।

काठमाडौं, भक्तपुर र ललितपुरलाई प्रतिनिधित्व गर्ने टोलीले पहिलो संस्करणमा प्लेअफमा स्थान बनाउन सकेको थिएन। दोस्रो संस्करणमा भने प्लेअफसम्म पुग्न सफल भएको थियो। तेस्रो संस्करणमा त्यसलाई अझ सुधार गर्दै उपाधि दाबेदारी प्रस्तुत गर्ने टोलीको योजना छ।

‘थ्री सिटिज्, वान सोल, वान टिम, वान ड्रीम’ अर्थात् तीन सहर, एउटै भावना, एउटै टोली र एउटै सपना भन्ने नारासहित अघि बढेको काठमाडौं गोर्खाजले उपत्यकाका तीन सहरका समर्थकलाई एकताबद्ध गर्ने लक्ष्य राखेको छ।

टोलीको व्यवस्थापनमा कार्यकारी निर्देशक अनुभव स्वाँर सिरोहिया, मुख्य प्रशिक्षक मोन्टी देसाई र क्रिकेट निर्देशक शरद भेषवाकर रहेका छन्। कप्तान करण केसी टोलीका मार्की खेलाडीसमेत हुन्।

काठमाडौं गोर्खाजको खेलाडी सूची

टोलीमा नेपाली तथा विदेशी खेलाडीको संयोजन छ। टोलीमा रहेका खेलाडीहरू यसप्रकार छन् :

  • करण केसी — मार्की खेलाडी तथा कप्तान
  • भीम सार्की — ब्याटर
  • आदिल आलम — अलराउन्डर
  • डेभिड वार्नर — ब्याटर
  • विल बोसिस्टो — अलराउन्डर
  • केएस भरत — विकेटकिपर
  • सहान अराचिगे — अलराउन्डर
  • सन्तोष यादव — अलराउन्डर
  • राशिद खान — बलर
  • शाहब आलम — बलर
  • शाहिल पटेल — ब्याटर
  • प्रसिद्ध जैसी — अलराउन्डर
  • दयानन्द मण्डल — बलर
  • सोनु देवकोटा — बलर
  • कृष्ण पौडेल — बलर
  • देव शाह — अलराउन्डर
  • सुयान्शु कोइराला — ब्याटर

करण केसीको नेतृत्व र नेपाली तथा विदेशी खेलाडीको संयोजनमा काठमाडौं गोर्खाजले ब्याटिङ, बलिङ र फिल्डिङमा सन्तुलित प्रदर्शन गर्ने अपेक्षा गरेको छ। अघिल्लो संस्करणको अनुभवलाई उपयोग गर्दै यसपटक उपाधि जित्ने लक्ष्यमा टोली रहनेछ।