एनपीएललाई गगन थापाको शुभकामना : नेपाली क्रिकेटले अझ उचाइ हासिल गरोस्


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल प्रिमियर लिग (एनपीएल) का लागि शुभकामना व्यक्त गर्दै नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् भन्ने कामना गरेका छन्।

एनपीएलले नेपाली क्रिकेटको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा क्रिकेटप्रतिको आकर्षण बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। प्रतियोगिताले नेपाली खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै घरेलु क्रिकेटलाई थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

थापाले नेपाली क्रिकेटको प्रगति र सफलताको कामना गर्दै एनपीएलसँग जोडिएका खेलाडी, प्रशिक्षक, आयोजक तथा क्रिकेटप्रेमीलाई शुभकामना दिएका छन्।

एनपीएल नेपाली क्रिकेटको लोकप्रिय प्रतियोगिताका रूपमा स्थापित हुँदै गएको छ। यसले नयाँ प्रतिभालाई अवसर दिनुका साथै नेपाली क्रिकेटलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।