काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणको पूर्ण सफलताको कामना गरेका छन् ।
आजदेखि सुरु भएको एनपीएलको तेस्रो संस्करणका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले नेपाली क्रिकेटलाई वर्तमान उचाइसम्म पुर्याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक तथा क्रिकेटप्रेमीप्रति सम्मान व्यक्त गरेका हुन् ।
उनले प्रतियोगिताले नेपाली क्रिकेटको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीको क्षमता अभिवृद्धिमा थप योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् ।
“नेपाली क्रिकेटलाई आजको उचाइसम्म पुर्याउन योगदान गर्ने सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा क्रिकेटप्रेमीहरूलाई सम्मान गर्दै प्रतियोगिताले नेपाली क्रिकेटको विकास, प्रतिभा पहिचान र अभिवृद्धिमा थप योगदान पुर्याउने विश्वास लिएको छु,” प्रचण्डले भनेका छन् ।
उनले एनपीएलमा सहभागी सम्पूर्ण टोलीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना पनि दिएका छन् ।
एनपीएललाई नेपाली क्रिकेटका खेलाडीले आफ्नो प्रतिभा प्रदर्शन गर्ने, नयाँ खेलाडीको पहिचान हुने र घरेलु क्रिकेटको विकासमा योगदान पुर्याउने महत्त्वपूर्ण प्रतियोगिताका रूपमा हेरिएको छ ।

















प्रतिक्रिया