काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले विराटनगर किंग्सलाई ८ रनले पराजित गरेको छ।
मंगलबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९.३ ओभरमा १४९ रनमै अलआउट भयो।
यससँगै चितवनले एनपीएलको तेस्रो संस्करणमा विजयी सुरुवात गरेको छ भने विराटनगरले पहिलो खेलमै हार बेहोरेको छ।

















प्रतिक्रिया