काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो समर्थनका कारण इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निश्चित देखिएको हार सम्भावित बराबरी वा जितमा परिणत भएको दाबी गरेका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा लेख्दै नेतन्याहुलाई समर्थन गरेपछि परिस्थिति परिवर्तन भएको बताएका हुन् ।
‘यो सबै राष्ट्रपति ट्रम्पको समर्थनपछि भएको हो । उहाँ मध्यपूर्व, इजरायल र संयुक्त राज्य अमेरिकाको हित चाहनुहुन्छ,’ ट्रम्पले लेखेका छन् ।
नेतन्याहुको राजनीतिक अवस्थामा आफ्नो समर्थनले प्रभाव पारेको ट्रम्पको दाबी भए पनि त्यसको स्वतन्त्र पुष्टि हुने विवरण सार्वजनिक भएको छैन ।

















प्रतिक्रिया