बागमती प्रदेशसभा सांसद अमृता नेपाल शोकमा, आमाको नि-धन


हेटौँडा । बागमती प्रदेशसभाकी सांसद अमृता नेपाललाई मातृशोक परेको छ। उनकी आमा सितादेवी नेपालको ६८ वर्षको उमेरमा निधन भएको हो।

२०७९ सालको निर्वाचनमा सिन्धुपाल्चोकबाट नेकपाको समानुपातिक कोटामा बागमती प्रदेशसभा सदस्य बनेकी नेपालकी आमा सितादेवीको कात्तिक ११ गते निधन भएको पारिवारिक विवरणमा उल्लेख छ।

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–५, सिन्धुकोट टारकी स्थायी बासिन्दा सितादेवी दम रोगबाट पीडित थिइन्। स्वास्थ्यमा समस्या देखिएपछि उनी काठमाडौँमा रहेर उपचार गराइरहेकी थिइन्। उपचारकै क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि कात्तिक ११ गते काठमाडौँको ब्रह्मखेलस्थित आफ्नै घरमा उनको निधन भएको हो।

सितादेवीका पाँच सन्तान रहेका छन्। उनका सन्तानमा बागमती प्रदेशसभा सांसद अमृता नेपालसहित राधिका ढकाल, दीपक नेपाल, कृष्ण नेपाल र सुन्तली नेपाल रहेका छन्।

सितादेवीको बुधबार बिहान काठमाडौँस्थित पशुपति क्षेत्रमा अन्त्येष्टि गरिएको थियो।

आमाको निधनसँगै सांसद अमृता नेपालसहित परिवारजन शोकमा परेका छन्। यस दुःखद घडीमा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ।