काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले आजका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बैठक बस्ने गरी बोलाइएको हो।
यसअघि गत असोज ३० गते मन्त्रिपरिषद् बैठक बसेको थियो। त्यसयता १९ दिनपछि आज मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
आजको बैठकमा विभिन्न समसामयिक विषय तथा मन्त्रालयबाट पेस हुने प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको छ। बैठकपछि सरकारले गरेका निर्णय सार्वजनिक गरिनेछ।

















प्रतिक्रिया