आजै पदभार ग्रहण गर्दै नवनियुक्त आईजीपी डा. मनोज केसी


काठमाडौँ । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले आजै पदभार ग्रहण गर्ने भएका छन्। उनले साँझ ५:४५ बजे शपथ लिने कार्यक्रम रहेको छ।

केसीलाई गृह मन्त्रालयमा दर्ज्यानी चिह्न प्रदान गरेपछि पदभार ग्रहण गराउने कार्यक्रम तय भएको हो।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो। सरकारले दानबहादुर कार्कीलाई आईजीपी पदबाट हटाएर केसीलाई नियुक्त गरेको हो।

कार्कीलाई भने प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ।