नेपाल बीमा प्राधिकरणको नेतृत्वमा राजनविक्रम थापा नियुक्त


काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनविक्रम थापालाई नियुक्त गरेको छ।

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिको सिफारिसका आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

नवनियुक्त अध्यक्ष थापालाई बुधबार अर्थ मन्त्रालयमा आयोजित समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ गराएका छन्।

शपथ ग्रहणसँगै थापाले नेपाल बीमा प्राधिकरणको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका छन्। प्राधिकरणले बीमा क्षेत्रको नियमन, अनुगमन तथा विकासमा भूमिका निर्वाह गर्दै आएको छ।