काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौं गोर्खाज र विराटनगर किङ्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। यो प्रतियोगिताको १५औँ खेल हो।
काठमाडौंले यसअघि खेलेका दुईमध्ये एक खेल जितेको छ भने एकमा पराजित भएको छ। विराटनगरले चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको छ। पछिल्लो खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई दुई रनले हराएको थियो भने काठमाडौंले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको थियो।
आजको खेलमा दुवै टोली जित निकाल्दै अंकतालिकामा आफ्नो स्थिति सुधार्ने लक्ष्यमा हुनेछन्।

















प्रतिक्रिया