परराष्ट्रमन्त्री खनाल र अमेरिकी कार्यवाहक प्रमुखबीच शिष्टाचार भेट


काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन्।

बोल्डिनले आज सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग भेट गरेकी हुन्। भेटका क्रममा नेपाल–अमेरिका सम्बन्धका विविध पक्षमा छलफल भएको छ।

दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विभिन्न विषयमा उनीहरूबीच कुराकानी भएको बताइएको छ।

भेटमा नेपाल र अमेरिकाबीचको आपसी सम्बन्ध तथा सहकार्यका विषयमा विचार आदानप्रदान भएको जनाइएको छ।