काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई काठमाडौँ महानगरपालिकामा आयोजना हुने सम्यक महादानमा सहभागी हुन निमन्त्रणा प्रदान गरिएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले राष्ट्रपति पौडेललाई सम्यक महादानको निमन्त्रणा प्रदान गरेकी हुन् ।
कार्यक्रममा विशेष सांस्कृतिक परम्परा र बाजागाजासहित बौद्ध धर्मगुरु, महानगरपालिकाका जनप्रतिनिधि तथा अन्य विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो ।
सम्यक महादानको निमन्त्रणा प्रदान गर्न आयोजित कार्यक्रममा परम्परागत सांस्कृतिक झाँकी र बाजागाजासहित टोली शीतल निवास पुगेको थियो ।

















प्रतिक्रिया