प्रस्तावित न्यायाधीशमाथि परेका उजुरीबारे सुनुवाइ समितिमा छलफल जारी


काठमाडौँ । सर्वोच्च अदालतका लागि प्रस्तावित चार न्यायाधीशविरुद्ध परेका उजुरीमाथि संसदीय सुनुवाइ समितिले छलफल अघि बढाएको छ । समितिले शुक्रबारको बैठकमा उजुरीकर्ताहरूलाई आमन्त्रण गरी उनीहरूसँग छलफल गरिरहेको हो ।

सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीविरुद्ध १३ वटा उजुरी परेका छन् ।

समितिको शुक्रबारको कार्यसूचीअनुसार उजुरीकर्ताहरूसँग छलफल गरेपछि प्रस्तावित न्यायाधीश डा. रत्नबहादुर बागचन्द र चन्द्रबहादुर सारूलाई समितिमा आमन्त्रण गरी सुनुवाइ गर्ने कार्यक्रम रहेको छ ।

प्रस्तावित न्यायाधीशविरुद्ध परेका उजुरी र उनीहरूको नियुक्तिका विषयमा संसदीय सुनुवाइ समितिले प्रक्रिया अघि बढाएको हो ।