काठमाडौँ । नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा समूहले नेपाल लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा चितवनका सुवोध प्रधानलाई मनोनीत गरेको छ ।
समूहको १५औँ महाधिवेशन आयोजक समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले प्रधानलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेका हुन् । उनलाई एक महिनाभित्र संघको अधिवेशन सम्पन्न गर्ने निर्देशनसमेत दिइएको छ ।
प्रधानले यसअघि नेपाली कांग्रेसनिकट नेपाल लोकतान्त्रिक खेलकुद संघको महासचिवको जिम्मेवारी सम्हालिसकेका छन् । उनी कांग्रेसका महासमिति सदस्यसमेत हुन् ।
कराते तथा किक बक्सिङ खेलसँग आबद्ध प्रधानलाई संघको नेतृत्व दिइएको हो ।

















प्रतिक्रिया