काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ। आईजीपीमा पुनर्बहालीको माग गर्दै कार्कीले बिहीबार सर्वोच्चमा रिट पेस गरेका थिए।
रिट दर्ता भए पनि सुनुवाइका लागि पेसी भने तोकिएको छैन। आफूलाई सुनुवाइको अवसर नदिई कुनै आधार र कारणबिनै गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको कार्कीको दाबी छ।
मन्त्रिपरिषद्को कात्तिक १८ गतेको निर्णयअनुसार कार्कीलाई आईजीपी पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको थियो। उक्त निर्णयपछि डा. मनोजकुमार केसीले बुधबारदेखि नै प्रहरी महानिरीक्षकको जिम्मेवारी सम्हालिसकेका छन्।
कार्कीले रिटमार्फत आफूलाई आईजीपी पदमा पुनर्बहाली गर्न माग गरेका छन्। अब सर्वोच्च अदालतले रिटमाथि सुनुवाइका लागि पेसी तोक्न बाँकी छ।

















प्रतिक्रिया