काठमाडौँ । नेपाल सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे सहमति भएको छ। सहमतिसँगै डा. केसीले शनिबार राति आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन्।
पटकपटकको छलफलपछि शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल शनिबार राति त्रिवि शिक्षण अस्पताल पुगेर सहमतिमा हस्ताक्षर गर्दै डा. केसीको अनशन तोडाएका हुन्।
अनशन तोडिएपछि मन्त्री पोखरेलले यो नै डा. केसीको अन्तिम अनशन हुने विश्वास व्यक्त गरे। उनले सहमतिमा उल्लेख भएका विषय कार्यान्वयनको प्रक्रिया अघि बढाइने बताए।
‘यो डा. केसीको अन्तिम अनशन हो। उहाँसँग भएका सहमतिअनुसार कार्यान्वयन प्रक्रिया अघि बढ्छ,’ मन्त्री पोखरेलले भने।
डा. गोविन्द केसी र सरकारबीच भएको सहमतिपत्रमा डा. केसी, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा. डा. जगदीश अग्रवाल, सांसद पुकार बम र नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. बद्री रिजालले हस्ताक्षर गरेका छन्।
६ बुँदे सहमतिसँगै लामो समयदेखि जारी डा. केसीको सत्याग्रह तत्कालका लागि अन्त्य भएको छ।



















प्रतिक्रिया