काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको काठमाडौँ जिल्ला कार्यसमितिको १५औँ अधिवेशन शनिबार राष्ट्रिय सभागृहमा सुरु भएको छ ।
पार्टीभित्र समानान्तर गतिविधि गर्दै आएको देउवा पक्षले आयोजना गरेको अधिवेशनको उद्घाटन समारोहमा पूर्वसभापति देउवा स्वयं सहभागी भएका छन् । कार्यक्रममा देउवासहित कांग्रेसका नेता शशांक कोइराला, प्रकाशमान सिंह, प्रकाशशरण महत र मोहनबहादुर बस्नेतलगायत नेताहरूको उपस्थिति रहेको छ ।
अधिवेशनमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू सहभागी छन् । देउवा पक्षले आयोजना गरेको यस अधिवेशनलाई कांग्रेसभित्रको आन्तरिक राजनीतिक गतिविधिका रूपमा हेरिएको छ ।

















प्रतिक्रिया