काठमाडौँ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र नेपालक लागि भारतीय राजदूत सुधाकर दलेलबिच शिष्टाचार भेटवार्ता भएको छ। मन्त्रालयमा भएको भेटमा नेपाल–भारतबीचको पूर्वाधार विकास तथा द्विपक्षीय सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको हो।
भेटवार्ताका क्रममा दुवै देशबीच पूर्वाधार निर्माण, यातायात सञ्जाल विस्तार तथा विकास आयोजनाहरूलाई तीव्रता दिने सम्भावनाबारे विचारविमर्श भएको जनाइएको छ।
विशेषगरी दुई देशबीचको सम्पर्क सञ्जाललाई थप विस्तार र सुदृढ बनाउँदै विकास निर्माणका क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल केन्द्रित रहेको थियो।
त्यसैगरी, नेपाल र भारतबीच रहँदै आएको बहुआयामिक सम्बन्ध तथा साझेदारीलाई थप मजबुत बनाउने उपायहरूबारे पनि दुवै पक्षले धारणा आदानप्रदान गरेका थिए।
भेटका क्रममा दुवै पक्षले आपसी सहकार्य र समन्वयलाई निरन्तरता दिँदै दुई देशबीचको साझेदारीलाई थप उचाइमा पुर्याउन मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

















प्रतिक्रिया