आज पनि घट्यो सुनचाँदीको मूल्य, यस्तो छ नयाँ भाउ


काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले सोमबार पनि निरन्तरता पाएको छ । पछिल्लो केही दिनदेखि ओरालो लागिरहेको सुनको मूल्य आज पनि प्रतितोला १ हजार १०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला २ लाख ६९ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन प्रतितोला २ लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँले घटेको हो । सुनको मूल्यमा आएको निरन्तर गिरावटले बजारमा सुन खरिद गर्ने उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ ।

यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघका अनुसार सोमबार चाँदी प्रतितोला ८० रुपैयाँले घटेर ३ हजार ५२० रुपैयाँ कायम भएको छ । आइतबार चाँदी प्रतितोला ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज १० ग्राम सुनको मूल्य २ लाख ३० हजार ७१० रुपैयाँ कायम भएको छ । त्यसैगरी १० ग्राम चाँदीको मूल्य ३ हजार १८ रुपैयाँ निर्धारण गरिएको छ ।

पछिल्लो समय नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ । लगातार मूल्य घट्दै गएपछि सुन खरिद गर्ने उपभोक्ताले बजारको पछिल्लो मूल्यलाई चासोका साथ हेरिरहेका छन् ।