सुनसरीमा छठ घाट तोडफोड गर्ने दुई युवक प्रहरी नियन्त्रणम


काठमाडौं । सुनसरीको हरिनगर गाउँपालिका–६ स्थित छठ पूजा स्थलमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार छठ पर्वको साँझ भक्तजनहरू पूजा सकेर घर फर्किएपछि अपरिचित व्यक्तिहरूले पूजा स्थलमा तोडफोड गरेका थिए। घटनामा संलग्न रहेको आरोपमा हरिनगर–६ निवासी १९ वर्षीय रिजवान मन्सुरी र २१ वर्षीय मोहम्मद जहुर मियाँ पक्राउ परेका हुन्।

घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा क्षतिग्रस्त पूजास्थल पुनर्निर्माण गरी पूर्ववत् अवस्थामा फर्काइएको प्रहरीले जनाएको छ। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ। साथै, प्रहरीले श्रद्धालु भक्तजनलाई निर्धक्क भएर पूजाआजामा सहभागी हुन आग्रह गरेक