काठमाडौं, ९ भदौ । हिन्दुवादीहरूले गौहत्याको विरोधमा देशका विभिन्न ठाउँमा प्रदर्शन गरेका छन् । धरानतर्फ गइरहेको र्यालीलाई प्रहरीले विर्तामोडको चारपानेमा रोकेको छ । ठूलो संख्यामा रहेका प्रदर्शनकारीहरुले प्रहरीले रोकेपछि ‘गौहत्या बन्द गर, गौहिंस्रकलाई कारबारी गर, गौमाताको जय होस्’ लगायतका नाराबाजीसहित प्रदर्शन गरेका छन् । स्थानीय प्रशासनले धरानका विभिन्न स्थानमा हिजो
८ भदौ, झापा । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ९ स्थित याङया चोकमा तीनजनाको समूहले प्रहरी निरीक्षक कटवालमाथि धारिलो हतियार प्रहार गरेका हुन् । आक्रमणबाट कटवालको टाउकोमा चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार, कटवाल नेतृत्वको टोलीले राजमार्गमा रोक्न खोज्दा उनीहरुले बन्चरो प्रहार गरेका थिए । स्थानीयका अनुसार
भद्रपुरस्थित झापा जिल्ला कारागारमा आन्दोलित बनेका कैदीबन्दी साम्य बनेका छन्। शुक्रबार करिब साढे २ बजेदेखि आन्दोलित बनेका कैदीबन्दीहरुले कारागारभित्रै टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए । उत्तेजित बनेका कैदीबन्दीहरूले कारागारको पर्खाल र भवनको छतमा चढेर घरेलु हातहतियारसहित नाराबाजी गरेपछि घटनालाई साम्य बनाउने प्रहरीले हवाई फाइरिङसमेत
आफूले काम गर्ने ज्वेलर्सका साहुले गरेको बदमासीको बोझ आफ्नो टाउकोमा आइलागेपछि जेल जीवन बिताइरहेका सुनसरी इटहरीका लालबहादुर विश्वकर्मा बुधबार जेलमुक्त भएका छन्। उनले मंगलबार ठगी तथा बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरबाट सफाइ पाएका थिए। मंगलबार उच्च अदालतका न्यायाधीशद्वय विपुल न्यौपाने र मिलनकुमार राईको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतको आदेश
काठमाडौँ- उच्च अदालत विराटनगरबाट निर्दोष सावित भएका लालबहादुर बिक रिहा भएका छन् । उनी बुधबार दिउँसो सुनसरीको झुम्का कारागारबाट रिहा भएका हुन् । उच्च अदालत विराटनगरले विगत ९ महिनादेखि ठगी मुद्दामा थुनामा रहेका बिक निर्दोष रहेको फैसला सुनाएसँगै उनी रिहा भएका हुन् ।
उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाएसँगै विगत सात महिनादेखि हिरासतमा रहेका लालबहादुर बिक रिहा हुने भएका छन् । इजाजतबिना बैंक तथा वित्तीय कारोबार र ठगी गरेको आरोपमा जेल परेका बिकलाई उच्च अदालत विराटनगरले सफाइ दिएको हो । ठगी तथा बैंकिङ कसुर मुद्दामा उच्च अदालत विराटनगरले लालबहादुर बिकलाई निर्दोष ठहर गरेको
काठमाडौं,५ साउन । सुनसरीमा गोली प्रहार गरी एक युवकको हत्या भएको छ । जिल्लाको धरान तरहरा सडक खण्डको सेउती पुलमा गोली हानी एकजनाको हत्या भएको हो । हत्या हुनेमा मोरङको विराटनगर निवासी २८ वर्षीय रोहित चौधरी रहेका छन् । उनीमाथि धरान इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको
सुनसरी । पुर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा भोली श्रावण ६ गते शनिवार सुनसरीको सदरमुकाम इनरुवा जाने भएका छन् । नेपाली काङ्ग्रेस सुनसरी जिल्ला कार्यसमितिले आयोजना गरेको जिल्ला भेला तथा पार्टीका पुर्व सभापति एवं पुर्वप्रधानमन्त्री विपी कोइरालाको पुर्ण कदको सालिक अनावरण कार्यक्रममा सहभागी हुन् सभापति देउवा शनिबार ११
नेपाली काङ्ग्रेस प्रतिनिधि सभा क्षेत्र न ४ सुनसरीको क्षेत्रीय सम्मेलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य, पुर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य समेत रहनु भएका ज्ञानेन्द्र बहादुर कार्की, विशिस्ट अतिथि काङ्ग्रेसका केन्द्रिय सदस्य राजीव कोइराला र प्रदेश सभा सदस्यद्वय हाजी इसराइल मन्सुरी र सदानन्द मण्डल,
सडक सुशासन तथा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यका साथ यही आषाढ १९ गतेबाट कोशी प्रदेशका १४ वटै जिल्लाहरूमा एकै साथ संचालन भईरहेको “ट्राफिक सप्ताह २०८०” को छैठौँ दिन सवारी चालकहरूमा लागू पदार्थको सेवन विरुद्धको सचेतना र चालकहरूले सवारी चलाउँदा लागू पदार्थको सेवन गरे नगरेको चेक जाँच अभियान सुरुवात गरिएको छ