काठमाडौं । जिल्ला भूमि समस्या समाधान समिति झापाले कनकाई नगरपालिका–३ र ६ का १३ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ। समितिले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबास गर्दै आएका १३ परिवारलाई लालपुर्जा वितरण गरेको हो। समितिका अनुसार वितरण गरिएका केही जग्गा आवासीय प्रयोजनका लागि र केही कृषि प्रयोजनका लागि रहेका छन्। लामो समयदेखि आफ्नो…