स्थानीय चुनाव वैशाखमा, प्रदेश चुनाव मंसिरमा गर्न निर्वाचन आयोगको प्रस्ताव


काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाखमा स्थानीय तह र मंसिरमा प्रदेशसभाको निर्वाचन गर्न प्रस्ताव गरेको छ । शुक्रबार प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँगको छलफलमा आयोगले यस्तो समयतालिका अघि सारेको हो ।

छलफलपछि नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आयोगको प्रस्ताव उपयुक्त देखिएको बताएका छन् । यद्यपि, यसबारे पार्टीभित्र थप छलफल र अध्ययन गरेर अन्तिम धारणा बनाउने उनले स्पष्ट पारे ।

यसअघि २०७९ वैशाख ३० गते स्थानीय तह र मंसिर ४ गते प्रदेशसभाको निर्वाचन भएको थियो । उक्त निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल २०८४ वैशाख ३० गते सकिँदैछ ।