काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको छ ।
सोमबार नयाँदिल्लीमा भएको द्विपक्षीय वार्तापछि दुवै देशबीच विभिन्न आठ विषयमा समझदारी भएको हो । समझदारीमा सुरक्षा, प्रशासनिक तालिम, स्वास्थ्य, सञ्चार, सहरी विकास तथा कृषि क्षेत्रलाई समेटिएको छ ।
समझदारीका आठ बुँदा :
1. फरेन्सिक विज्ञानमा सहकार्य : भारतको राष्ट्रिय फरेन्सिक विज्ञान विश्वविद्यालय र नेपाल प्रहरीको अपराध अनुसन्धान विभागबीच अध्ययन तथा अनुसन्धानमा सहकार्य हुनेछ ।
2. प्रहरी प्रशिक्षण : भारतको राष्ट्रिय रक्षा विश्वविद्यालय र नेपालको राष्ट्रिय प्रहरी एकेडेमीबीच प्रहरी प्रशिक्षणका लागि समझदारी भएको छ ।
3. प्रशासनिक तालिम : भारतको सुशासन केन्द्र र नेपालको प्रशासनिक स्टाफ कलेजबीच सरकारी अधिकारीलाई तालिम दिने सहमति भएको छ ।
4. आयुर्वेद तथा परम्परागत चिकित्सा : दुवै देशले आयुर्वेद र अन्य परम्परागत उपचार पद्धतिमा सहकार्य गर्नेछन् ।
5. स्याटेलाइट सञ्चार : भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) र नेपालको सूचना तथा सञ्चार मन्त्रालयबीच दक्षिण एसिया स्याटेलाइट प्रयोगका लागि सञ्चार नेटवर्क निर्माणमा समझदारी भएको छ ।
6. सहरी विकास : दुवै देशले दिगो सहरी विकासका क्षेत्रमा प्राविधिक सहकार्य गर्नेछन् ।
7. स्वास्थ्य तथा चिकित्सा : स्वास्थ्य सेवा र चिकित्सासम्बन्धी क्षेत्रमा संयुक्त रूपमा काम गर्ने सहमति भएको छ ।
8. पशुपालन तथा मत्स्यपालन : पशुपालन र मत्स्यपालन क्षेत्रको विकासका लागि दुवै देशले सहकार्य गर्नेछन् ।

















प्रतिक्रिया