Warning: Trying to access array offset on value of type bool in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/functions.php on line 258

सुनकाण्ड बारे गृहमन्त्री बोले, ‘हामी ठुलो माछा नजिकै छौ’ भिडियो सहित


Warning: Attempt to read property "post_content" on null in /home/onlinetvnepal.com/public_html/wp-content/themes/onlinetv/template-parts/single-heading.php on line 26

सुन तस्करीको अनुसन्धान ठुलो माछा नजिकै पुगेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । गत मंगलबार सुन तस्करी प्रकरणका मुख्य अभियुक्त भनिएका चुडामणी उप्रेती गोरेका थप एक जना सहयोगी पक्राउ परेको भन्दै गृहमन्त्री थापाले अब ठुलो माछा मार्न बाँकी रहेको बताएका हुन् ।

सुन तस्करीमा मुछिएको मुख्य नाइकेलाई जोगाउने गरी अनुसन्धान भइरहेको हल्ला चलिरहेको बेलामा गृहमन्त्री थापाको यस्तो भनाइ बाहिर आएको हो । माछा मार्ने क्रममा केहि माछाहरु जालमा परेको बताउँदै उनले अब ठुलै माछा मार्ने दाबी गरेका छन् ।

घटनाको छानबिन गर्न गठिन समितिले त्रुटिपूर्ण अनुसन्धान गरेर महाशाखाका अधिकारीलाई फसाएको भन्दै रमेश खरेलसँगै ३ पूर्व प्रहरी अधिकारीहरुले टिप्पणी समेत गरेका छन् । यसलाई गृहमन्त्रीले छानबिनलाई प्रभाव पार्ने र तस्करलाई संरक्षण गर्ने प्रयत्नको रुपमा लिएको बताएका छन् ।

तत्कालिन अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल लगायत अहिले पुर्पक्षका लागि थुनामा छन् । गृहमन्त्री थापाले सुन तस्करलाई बचाउन धेरै तर्फबाट शक्ति लागी परेको आरोप पनि लगाएका छन् ।

‘सुन काण्डको अनुसन्धान जोखिमपूर्ण छ’ उनले भने,‘ हामी अनेक जोखिम मोल्दै अघि बढेका छौं ।’प्रकरणको अनुसन्धान गर्न गठिन समितिले जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता गर्दा मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ को समूहले करिब ३८ क्वीन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो ।