अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हजार पुग्यो


अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार पुगेको छ । हालसम्म ६९ हजार बढीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी रुपमा महामारीको रुप लिएको छ । यसबाट अमेरिकासमेत प्रभावित बनेको हो ।

भाइरसको नाम वुहान बनाउने प्रयास असफल

यसैबीच, अमेरिकाको ‘कोरोना भाइरस’को नाम परिवर्तन गरी ‘वुहान भाइरस’ बनाउने प्रयास गरेको छ । अमेरिकाको यस्तो प्रयास जी ७ राष्ट्रहरुको बैठकबाट भने असफल भएको छ ।

अन्र्तराष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार कोभिड-१९ विरुद्ध जी ७ राष्ट्रका विदेशमन्त्रीबीच भिडियोमार्फत बुधबार भएको बैठकपछि संयुक्त विज्ञप्ति जारी योजना थियो तर, अमेरिकी विदेश मन्त्रालयले संयुक्त विज्ञप्तिको मस्यौदामा कोरोना भइरसको सट्टा ‘वुहान भाइरस’ शब्द लेखेको थियो ।अमेरिका बाहेकका अन्य देशका विदेश मन्त्रालयहरु ‘वुहान भाइरस’ लेख्न सहमत भएनन् । र, कोरोना भाइरसको नाम वुहान बनाउने अमेरिकी प्रयास असफल भयो ।

जी ७ राष्ट्रमा बेलायत, फ्रान्स, जर्मनी, इटली, जापान र क्यानडा छन् ।