कोरोना भाइरसबाट बाबुछोरीको मृ’त्यु, मलामी जाने कोही भएनन्


बेलायतको हिथ्रो विमानस्थलमा कार्यरत बुबा र एक अस्पतालमा फार्मसिस्टका कार्यरत छोरीको कोरोना भाइरसबाट २४ घण्टाभित्रै मृ’त्यु भएको छ। हिथ्रो विमानस्थलमा कार्यरत एक ६१ वर्षीय अध्यागमन अधिकारी सुधीर शर्मा र उनकी छोरी ३३ वर्षीया पूजा शर्माको कोरोना भाइरसबाट एक दिनको फरकमा ज्यान गएको हो।

हिथ्रोको टर्मिनल तीनमा कार्यरत शर्माको बुधवार र फार्मसिस्ट छोरी पूजाको बिहिबार नि’धन भएको थियो। शर्मा हिथ्रो विमानस्थलमा प्रिय अध्यागमन अधिकारीका रुपमा परिचित थिए।जनवरी पहिलो सातदेखि हिथ्रो विमानस्थलमा काम थालेका शर्मालाई कोरोना भाइरस कहाँबाट लाग्यो भने पुष्टि भएको छैन। शर्माको अ’न्त्येष्टिमा कोही पनि म’लामी जान मानेनन्।

बेलायतको स्थिति पनि भ’यावह बन्दै गएको छ। पश्चिमी लन्डनको होन्स्लोका सुधीर अन्य रो’गका पनि पी’डित भएको बताइएको छ। बेलातको चर्चित पत्रिका द सन का अनुसार उनीहरु बेलायती नागरिक नै थिए। तर उनीहरुको मु’लथलो खुलाइएको छैन। होन्स्लो क्षेत्रमा करिब तीन हजार नेपाली परिवार बसोबास गर्दै आएका छन्।