बेलायतमा विकराल बन्दै कोरोना, एकै दिन ९ सयभन्दा बढीको मृत्यु


चीनको वुहानबाट सुरू भएको कोरोना भाइरस यतिबेला विश्वका २ सय १० देशमा फैलिइसकेको छ । २ सय १० मुलुकसम्म फैलिँदा यो कोरोनाले १ लाख ८ हजार ७ सय ७९ जनाको ज्यान लिइसकेको छ ।केही साताअघि युरोपका इटाली र स्पेनमा व्यापक क्षति गरेको यो कोरोनाले अहिले बेलायतमा विकराल रूप लिँदै गएको छ । यो सामग्री तयार पार्दासम्म बेलायतमा ९ हजार ८ सय ७५ जनाको मृत्यु भइसकेको छ ।

त्यसै गरी बेलायतमा अहिलेसम्म ७८ हजार ९ सय ९१ जनामा कोरोना संक्रमणको पुष्टि हुँदा गएको २४ घण्टामा नै ५ हजार भन्दा बढि नयाँ संक्रमितको पुष्टि भएको छ भने सोही अवधिमा ९ सय १७ जनाको मृत्यु भएको छ ।बेलायतमा अहिलेसम्म ३ सय ४४ जना उपचारपछि निको भएर घर फर्किएका छन् । संक्रमित र मृत्यु हुनेको अनुपातमा उपचारपछि निको हुनेको यो संख्या एकदमै कम हो ।