भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या नौ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा यो भाइरसबाट संक्रमित हुनेको संख्या नौ हजार एक सय ५२ पुगेको छ । त्यस्तै यो भाइरसबाट मृत्यु हुने मानिसको संख्या पनि तीन सय ८ पुगेको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसबाट ३५ जनाको मृत्यु भएको हो ।
भारतको महाराष्ट्रमा सबैभन्दा प्रभावित बनेको छ । अहिलेसम्म महाराष्ट्रमा एक हजार नौ सय ८५ जना मानिसमा संक्रमण देखिएको छ भने एक सय ४९ जनाको यो भाइरसको कारण मृत्यु भएको छ । त्यस्तै दिल्ली र तामिलनाडुमा पनि संक्रमितको संख्या एक हजार नाघेको छ । अहिलेसम्म भारतमा आठ सय ५७ जना संक्रमित निको भइसकेका छन् ।
प्रतिक्रिया