भखरै दियो चीनले सन्सार भरि यति ठुलो खुसीको खबर


चीनबाट सुरु भएर विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको भ्यक्सिन अब सबैभन्दा पहिले विश्वलाई चीनले नै वितरण गर्ने भएको छ ।वुहान इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्टले तयार गर्दै गरेको कोरोना विरुरद्धको भ्याक्सिन उपयोगी हुने ठूलो सम्भावना रहेको छ । यो अर्थमा हेर्दा सफल भए जुन मुलुकबाट कोरोना फैलियो त्यही मुलुकले विश्वलाई भ्याक्सीन उपलब्ध गराउने देखिन्छ ।

चीनको एसेट्स सुपरविजन एण्ड एडनिनिस्ट्रेशन कमिशनले यसको सम्भावना बारे व्यक्त गरेको छ । उसले अहिले दोस्रो चरणमा रहेको भ्याक्सीन सफल भए यही वर्षको डिसेम्बर सम्ममा चीनले बजारमा ल्याउने र विश्वलाई वितरण गर्नसक्ने उल्लेख गरेको छ ।पहिले यो भ्याक्सीन दुई हजार व्यक्तिमाथि ट्रायल गरिएकोमासफल भएको थियो । र अहिले यो भ्याक्सीन दोस्रो ट्रायलमा छ । यसअघि मार्च २९ मा चिनियाँ सोसल मिडिया प्लेटफर्म विच्याटमा जानकारी दिइएको थियो ।त्यहाँ यो भ्याक्सीन यो वर्षको अन्त्य वा अर्को वर्षको सुरुवातमा मार्केटमा आउन सक्ने बीबीसीले समेत उल्लेख गरेकाे छ ।