काठमाडौं । कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक(डिआइजी) वसन्त पन्तले चौरजहारीको सोतीमा भएको घटनामा संलग्न जोसुकैलाई पनि कारवाहीको दायरामा ल्याइने बताउनुभयो ।उहाँले शनिबार घटनास्थलको स्थलगत अवलोकन गरी पी’डित परिवारसँग भेटघाट गर्नुभएको छ । पी’डित परिवारले घटनाको निष्पक्ष छानबिन गरी अ’परा’धमा संलग्नलाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरेका छन् ।
छोरा गुमाउनुभएका बलबहादुर विकले घटनाको सत्यतथ्य छानबिन गरी न्याय दिलाउन र दोषी उम्किन नदिन आग्रह गर्नुभयो । डिआइजी पन्तले घटनाको निष्पक्ष छानबिन हुने बताउनुभयो ।उहाँले भन्नुभयो,“तपाईंहरु ढुक्क हुनुहोस् । छानबिन निष्पक्ष हुन्छ । दोषी सजायको भागिदार हुन्छ । तपाईंहरुले न्याय पाउनुहुन्छ । मैले अनुसन्धानमा संलग्न मातहतका सबै प्रहरीलाई निर्देशन दिइसकेको छु ।” शनिबार नै हालसम्मको घटनाको प्रगति विवरण जाजरकोट प्रहरीले प्रहरी नायब महानिरीक्षक पन्तलाई बुझाएको छ ।
उहाँले घटनाको सत्यतत्य छानबिन गर्न निर्देशन दिँदै अ’परा’धीलाई कुनै पनि हालतमा उम्कन नदिन प्रहरीले निष्पक्ष भएर काम गर्नुपर्ने बताउनुभयो । डिआइजी पन्तसँगै स्थलगत अवलोकन गर्न घटनास्थलमा जाजरकोट र रुकुमका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखसहितको उपस्थिति थियो ।
प्रतिक्रिया