काठमाडौं – एउटा सामान्य इनर्जी ड्रिङ्क किन्दा नयाँ मोटरसाइकल वा स्कुटरको मालिक बन्न पाइयो भने कस्तो होला? अझै त्यही खरिदले आकर्षक पुरस्कार जित्ने अवसरसमेत दिलायो भने? म्याक्स टाइगर इनर्जी ड्रिङ्कको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानले उपभोक्ताका लागि यस्तै खुसी र उत्साहको अवसर ल्याएको छ।
अभियानअन्तर्गत देशका विभिन्न स्थानका नौ जना भाग्यशाली उपभोक्ताले यामाहाका मोटरसाइकल र स्कुटर जितिसकेका छन्। दशैंको उत्साह, युवाको जोस र आकर्षक पुरस्कारको उमङ्गलाई एकसाथ जोडेर सुरु गरिएको यस अभियानमा कसैले मोटरसाइकल त कसैले स्कुटर हात पारिरहेका छन्।
अभियानअन्तर्गत सुर्खेतका किशोर जंग शाहले यामाहा रे जेडआर स्कुटर जितेका छन्। बनेपाका राजकुमार तामाङ र धादिङका सञ्जोग रिमालले यामाहा एफजेड एफआई मोटरसाइकल हात पारेका छन्। त्यस्तै, बुटवलका नरबहादुर फौगाडले स्कुटर र धनगढीका मोहन श्रेष्ठले मोटरसाइकल जितेका छन्।
यसैबीच, पछिल्लो चरणमा सार्वजनिक भएका चार विजेताले पनि पुरस्कार जितेका छन्। जनकपुरका कौटिल्य कुमार सिंह र बिर्तामोडका तेज नारायण सिंहले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन् भने धरानका मनोज कुमार अधिकारी र वीरगञ्जका रमेश बस्नेत यामाहा रे जेडआर स्कुटरका भाग्यशाली विजेता बनेका छन्।
३७ वटा सवारीसाधन पुरस्कारमा, अझै २८ बाँकी
यस अभियानअन्तर्गत कुल १८ वटा यामाहा एफजेड एफआई मोटरसाइकल र १८ वटा यामाहा रे जेडआर स्कुटरका साथै एक जना महाभाग्यशाली विजेतालाई बम्पर पुरस्कारस्वरूप प्रोटोन कार प्रदान गरिनेछ।
अर्थात्, अभियानमा कुल ३७ वटा सवारीसाधन पुरस्कारका रूपमा राखिएका छन्। हालसम्म नौ जना विजेता सार्वजनिक भइसकेका छन् भने अब २८ वटा सवारीसाधनका भाग्यशाली विजेता घोषणा हुन बाँकी छन्।
‘हरेक क्यानमा ऊर्जा र हरेक जितमा नयाँ उत्साह’ भन्ने सन्देशसहित म्याक्स टाइगरको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानले उपभोक्ताका लागि पुरस्कार, खुसी र अविस्मरणीय अनुभवको उत्सवलाई निरन्तरता दिइरहेको छ।
बनेपादेखि बुटवल, धनगढीदेखि जनकपुर, धरान, बिर्तामोड र वीरगञ्जसम्मका विजेताले अभियानको पहुँच देशका विभिन्न सहरमा फैलिएको देखाएका छन्। आगामी दिनमा थप विजेता सार्वजनिक हुँदै जाँदा उपभोक्तामाझ उत्साह अझ बढ्ने कम्पनीको विश्वास छ।

















प्रतिक्रिया