सिन्धुपाल्चोकमा भीषण बाढी १८ जना बेपत्ता ! तराई उच्च जोखिममा, झापा, मोरङ देखि सर्लाही सम्म खतरा (हेर्नुहोस भिडियो सहित )


काठमाडौँ, असार २५ गते ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा आएको बाढीले घर बगाउँदा कम्तीमा १८ जना बेपत्ता भएका छन् । बिहीवार राति आएको बाढीमा करिब एक दर्जन घर बगेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार हाइड्रोपावरमा पनि बाढीले ठूलो क्षति पुर्याएको अनुमान छ ।

 

 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी प्रज्ज्वल महर्जनले जम्बु र भोटेकोशी गाउँपालिकामा क्षति भएको खबर आएकाले टोली परिचालन गरिएको बताए ।बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार बाढीले जम्बु बजार नै बगाएको छ ।

 

 

बाढीले अरनिको राजमार्ग पनि भत्काएको छ । जुरे पहिरो नजिकबाटै अरनिको राजमार्ग अवरुद्ध छ । अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे–कोदारीखण्डको खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द भएको छ ।यसैबीच सभामुख अग्निप्रसाद सापकोटासहितको टोली हेलिकप्टरमार्फत काठमाडौंबाट सिन्धुपाल्चोक जाँदै गर्दा मैसम खराब भयको कारण
धुलिखेलबाटै फर्किय !