खानेपानी मन्त्री बिना मगर लाई छनबिन गरि बर्खास्त गर्ने तयारिमा प्रधानमन्त्री ओली


मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी पठाउँदा सुरुङ फुटेर एक इन्जिनियरसहित दुई जनाले ज्या’न गुमा’एका छन्। खानेपानी तथा सरसफाई मन्त्री बिना मगरलाई मेलम्चीको पानी काठमाडौं पुर्‍याएको जश लिने लहड र आयोजनालाई गुणस्तरभन्दा पनि छिटो सक्ने चटारोले आयोजनाको सुरुङमा गम्भीर दु’र्घटना भएको प्राविधिक बताउँछन्।अस्थायी बाँध बनाएर वर्षातको समयमा सुरुङ परीक्षण गर्दा पानीको बहाव बढी भएर सुरुङ सिफेजभएको उनीहरुको भनाइ छ। आयोजनाले सुरुङ के कारणले फुटेको भनी आधिकारिक कारण नदिए पनि हतारमा भएको गुणस्तरहीन काम नै प्रमुख कारण भएको आयोजनामा काम गरिसकेका एक प्राविधिकले बताए।

नाम उल्लेख नगर्ने शर्तमा ती प्राविधिकले बताए अनुसार मन्त्रीको चटारो र आयोजनासम्वद्ध अधिकारीको कमिसनको खेलले सुरुङको काम गुणस्तरीय नहुँदा आयोजनाले गम्भीर घाटा व्यहोर्नु परेको छ। उनका अनुसार जम्मा चार किलोमिटरको प्रेसर थेग्न नसकेको गेटमा पूरै २६ किलोमिटर पानी पठाएको भए अझ दु’र्घटना भयाबह हुने थियो।

चार किलोमिटरमा पठाएको पानी फर्किंदा भएको दु’र्घटना हेर्दा पूरै परीक्षण गर्ने क्रममा दु’र्घटना भएको भए अवस्था अझ गम्भीर हुन्थ्यो, उनले भने, सुन्दरीजलबाट पानी फर्कंदा आयोजनाको मुहान तलका धेरै बस्ती जोखिममा पर्थे। उनका अनुसार थोरै क्षेत्रमा नै दु’र्घटना भएकाले धेरै जनधनको क्षति हुने अवस्थाबाट भने जोगिएको छ। मेलम्चीपछि कार्यान्वयनमा आउने दोस्रो र तेस्रो चरणको याङ्ग्री र लार्केको समेत गरी दैनिक ५१ करोड लिटर पानी लान निर्माण गरेको सुरुङ पहिलो चरणको १७ करोड लिटरको परीक्षणमै पड्कियो, ती प्राविधिकले व्यंग्य गरे, तपाईं आफैं भन्नुस् मेलम्ची आयोजनाको काम कति गुणस्तरीय भएको रहेछ।

आयोजनाको लापरबाहीका कारण दुई दशकपछि मेलम्चीको पानी खान पाउने काठमाडौंबासीको उत्साह मात्र सेलाएको छैन बाँकी २१ किलोमिटर सुरुङको अवस्थामा समेत गम्भीर शंका उत्पन्न गराएको छ। मेलम्ची आयोजनालाई नजिकबाट नियालिरहेका एक प्राविधिकका अनुसार मन्त्री मगरको हतारमा काम सकेर आयोजना सम्पन्न गराएको जश खाने लालशा नै निर्मित संरचना कमजोर हुनुको मुख्य कारण हो।

दु’र्घ’ट’नापछि मन्त्रालयले आफ्नै मन्त्रालयका मन्त्रीका सबै भन्दा विस्वासीला सहसचिव रमाकान्त दवाडीको नेतृत्वमा छानबिनको लागि प्राविधिक समिति खटाएको छ। प्राविधिक त्रुटीले कमजोर बनाएको सुरुङको संरचना परीक्षणका लागि स्वतन्त्र निकायलाई जिम्मा दिनुपर्नेमा मन्त्रालयकै कर्मचारीलाई पठाएर कमजोरी ढाकछोप गर्न लागेको एकपक्षले आरोप लगाएका छन्।

मन्त्री मगरले आफ्नो र आयोजनाको कमजोरी ढाकछोप गर्न मन्त्रालयकै टोली छानबिन गर्न पठाएकी छन्, आयोजना निकट स्रोत भन्छ, आयोजनाको कमजोरी भएकाले त्यसको लागि स्वतन्त्र निकायलाई छानबिन गराउनु पर्थ्यो।मन्त्रालयका एक कर्मचारी अनुसार सहसचिव दवाडीको अग्नि परिक्षा सुरु भएको बताए।

इपटिसाका एक कर्मचारी अनुसार गुणस्तरमा सम्झौता नगर्ने पुराना अनुभवी स्टाफ सबै हटाएर नया अनुभव नै नभएका स्टाफ राख्ने खेल शुरु भएपछि समस्या निम्तिएकाे हाे । यही बीचमा मुख्य इन्जिनियर शिव शर्मालाई समेत इप्टिसाले फेरि काममा लगाएकाे थियाे ।

अहिले सबै इप्टिसाको तर्फबाट शिब शर्माले नै हेरिराखेका छन् । शर्माले ठेक्दारले जस्तो काम गरे पनि पास गर्नुहुन्छ अनि कसरी गुणस्तर हुन्छ। उनले भने । शिव शर्मा मेलम्चीमा सबैभन्दा बिवादित पात्र हुन साथै भुकम्पको बेला हेडवर्क्सको काट्नै नपर्ने पहाड काट्न लगाएर डेड अर्बको भेरिएसन गर्ने मध्हेका मुख्य योजनारा मानिन्छ्न।

सिनो हाइड्रो लाई ठेक्का दिएपछि आयोजनाले हतार हतार मुहानमा अस्थायी बाँध बनाउने र इटालियन कम्पनीले अजकल्टो छाडेको सुरुङको काम सकेर गत असार २१ गते स्थानीय जनप्रतिनिधि, सरोकारवाला कसैलाई जानकारी नै नदिई सुरुङ परीक्षणको उद्घाटन गरेको थियो। मुहानमा मन्त्री मगरको उपस्थिति बिना बोकाको बली दिएर बौद्ध धर्म गुरुलाई मन्त्र पढ्न लगाएर उद्घाटन गरेपछि राजधानीमा मन्त्री मगरले

हर्सोल्लाससहित पत्रकार सम्मेलन गरी मेलम्ची आयोजना पूरा भएको घोषणा गरेकी थिइन्। पत्रकार सम्मेलन गरेर मेलम्ची अब काठमाडौंवासीको सपना नरहेर बिपनामा परिणत भएको उद्घोष गरेको साता बित्दै सुरुङको गेट फुटेर मानवीय क्षतिसमेत हुनुले मन्त्री मगरलाई क्रेडिट लिने हतारोले आयोजनाको काम कमजोर भएको पुष्टि गरेको छ।

बालुवाटार स्रोत अनुसार मेलम्ची घटनामा प्रधानमन्त्री एकदमै गम्भीर हुनुहुन्छ। मेलम्चीमा कमिसन र जसलिने नाममा गुणस्तरसङ सम्झौता गर्ने मेलम्ची बिकास समितीका प्रमुख, कन्सल्टेन्ट् कम्पनि इप्टिसा,र खानेपानी मन्त्री बिना मगरलाइ बर्खास्त गरि छानबिन गर्ने तयारी गरिराखेको बताए।