करिब १० करोड रुपिया खर्च गरेर पीपीइ बनाउने हो भने हाम्रो स्वास्थ्यकर्मीहरुलाई पुग्दो बाड्न सकिने थियो | एउटा पीपीइ बनाउन ८०० रु. जति लाग्छ | अनि कोरोना संग अग्रिम पंक्तिमा हाम्रै लागि लड्ने हाम्रा स्वास्थ्यकर्मीहरु लाई जाबो ८०० रुपैंया पर्ने पीपीइ सम्म दिन नसक्ने हामी कस्ता नागरिक हौं ? आज बिहान करिब ६ बजे तिर अस्पतालमा सफाईको काम गर्ने ३ जना महिलाहरु जावलाखेल तिर बाट हिडेर नै पीपीइ लिन आई पुगे | उनीहरुको फोटो खिच्न बिर्सेछु | अनि फेरी ८:३० बजे तिर तल फोटोमा भएको २ जना नर्स बहिनीहरु पीपीइ लिनको लागी आविष्कार केन्द्रमा आई पुगे |
उनीहरुको पनि सवारी साधन रहेनछ र स्वयम्भु बाट करिब ९ किलोमिटर जति हिंडेर आएका रहेछन | तर हिजो बिहान ११ बजे नै पीपीइ सकिएको थियो र नयाँ पीपीइ बनेको थिएन | उनीहरुलाई आज बेलुकी अथवा भोली बिहान आउन भनेर रित्तो हात फर्काइयो | अनि दिन भरि फोनमा पीपीइ छ कि छैन भनेर फोन गर्ने सयौं हुन्छन | यसरी रित्तो हात पठाउँदा नरमाइलो ता लाग्ने भै हाल्यो | यो ता काठमाडौँको एउटा सानो घटना भयो | अब विचार गर्नुहोस देश भरिका अस्पतालहरुमा बिना पीपीइ काम गर्ने स्वास्थ्यकर्मीहरु कति त्रसित होलान र उनीहरुको मनोबल कति माथी होला ?
मेरो बिचारमा करिब १० करोड रुपिया खर्च गरेर पीपीइ बनाउने हो भने हाम्रो स्वास्थ्यकर्मीहरु लाई पुग्दो पीपीइ बनाउन र बाड्न सकिने थियो | अहिले सम्म राष्ट्रिय आविष्कार केन्द्रले झन्डै १ करोड रुपैंया जतिको पीपीइ मात्र बाँडेको छ | यस महामारीमा कोरोनाको रोकथामको लागी आर्थिक सहयोग गर्न हुने सबै दाताहरुलाई पनि धन्यबाद छ |
प्रतिक्रिया