प्रमुख जिल्ला अधिकारीले किसानलाई मल खाद्यमा नरोक्ने, हजरियालाई आलु पकट क्षेत्र घोषणा गर्ने


सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १,२,३ र ४ लाई आलु,मकै र धान धेरै उत्पादन हुने क्षेत्र मानिन्छ । यहाँका किसानले उत्पादन गरेको धान, मकै र आलुले देशको १० देखि १५ प्रतिशतलाई पुग्ने गरेको पाएको छ । तर यहाँका किसानलाई बालि लगाउदा सधै मलको अभाव हुने गरेको छ ।

यति सम्म कि सहकारी सस्थामा आएको मल किसानलाई दिनुपर्दा चिठा गर्नुपर्ने दशनामी सहकारी सस्थाका अध्यक्ष महेश बरालले अनलाइन टिभी नेपालसंग बताए। सरकार सधै टेलिभिजनमा कृषि प्रधान मुलुक भनि रहदा के किसानहरु सुखी र खुशी हुने वातावरण निर्माण भएको छ त ? पहिले त सरकारलाई यो कुरा थाहा हुनु पर्छ कि हाम्रो जस्तो कृषि प्रधान मुलुकमा किसानहरु सुखी र खुशी हुने वातावरण निर्माण नहुन्जेल देशले तरकी गर्न पनि सक्दैन । त्यसैले किसानका सम्पुर्ण कृषि उपज जसको उत्पादन र पसिना खाएर संसार सन्तुष्ट छ भने किसान मजदुर सिपाहिको जिवनमा परिवर्तन ल्याउन राष्ट्रले योगदान गर्न किन सक्दैन ? मेरो बिचारमा सक्नु पर्दछ ।

देश बिकाश र स्थाई शान्तिको प्रारुप भनेकै कसैको दुख र श्रमको समुचित सम्बोधन गर्नु हो । जुन देशले यो गर्दैन त्यो देशमा सधैं विभेद र अशान्तिका कालाबादलहरुले छोड्दैनन । हाम्रो देशको मुल भुत समस्या यिनै हुन भनेर देश चलाउनेहरुको दिमाकले कहिले देख्ने ? आज भोलिको महङ्गाई र तडक भडक उक्त परिस्थितिमा किसानका उपादनहरुको सहि बजार ब्यवस्थापन र माल बस्तुको मूल्य समायोजन मात्रै गरिदिंदा पनि अद्भुत कायापलट हुने देखिन्छ । तर सरकार सधै केन्द्र बाट कृषि प्रधान मुलुक,कृषि प्रधान मुलुक भन्दै मा कृषि प्रधान मुलुक हुने हो र ? कृषकको समस्या के छ भने उहाँहरुलाई थाहा छ । कृषकले मल पाउदैनन् । बजार पाउदैनन् ।

चिठा र भगवानको भरमा कहिलेसम्म हामीले खेती गर्नु पर्ने हो । भन्दै सरकारलाई किसानले प्रश्न समेत गरेका छन् । यसै समस्याको बीचमा बरहथवा नगरपालिका वडा नम्बर १,२,३ र ४ का किसानले आफ्नो क्षेत्रलाई आलु पकट, धान पकट र मकै पकट क्षेत्र घोषणा गर्नुपर्ने माग धेरै पहिले बाट किसानले गर्दै आएको र किसानको मागलाई ध्यानमा राख्दै आज प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाैडेल, जिल्ला प्रहरी प्रमुख संतोष सिंह राठौर ,कृषि ज्ञान केन्द्रका प्रमुख कमल देव कुशवाहा र कृषि सामग्री प्रमुखले किसानले लगाएको आलु र मकैको अनुगमन पनि गरेका छन् ।

यसैगरी कृषि ज्ञान केन्द्रका प्रमुख कमल देव कुशवाहाले आलु पकट, धान पकट र मकै पकट क्षेत्र भनेको के हो ? भन्ने विषयमा किसानलाई जानकारी समेत गराए। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाैडेलले किसानलाई आवश्यक पर्ने मल खाद्य भारत बाट आयात गर्दा सिमामा नरोक्ने बताए । किसानले लगाएको आलु र मकैको अनुगमन पनि गरेका छन् । यति राम्रो उत्पादन हुने क्षेत्रमा यति ठुलो समस्याले आफु पनि निराश भएको बताए। आफु पनि किसानको छोरा भएकोले किसानको समस्या नजिक बाट राम्रो संग बुझेको छु भन्दै आफुले सक्ने सहयोग किसानको लागि गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।