आज एक अस्पतालमा ३७४ नमुना परीक्षण गर्दा २२७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं – पछिलो समयमा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ३७४ जनाको नमुना परीक्षण गर्दा २२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार सेती प्रादेशिक अस्पताल पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा २२७ जनामा संक्रमण पुष्टि भएको हो । उनका अनुसार परीक्षण गरिएका मध्ये ६०.६९ प्रतिशतमा संक्रमण देखिएको हो ।

यसअघि मंगलबार ३६७ जनाको नमुना परीक्षण गर्दा १९७ जनामा संक्रमण पुष्टि भएको थियो ।अस्पताल संक्रमितले भरिभराउ सूचना अधिकारी श्रेष्ठका अनुसार कोरोना संक्रमितले अस्पतालको कोभिड वार्ड भरिभराउ रहेको बताए । पछिलो समय कोरोना संक्रमितले
देश भरको अस्पतालहरु भरिभराउ रहेको जनाकारी आएको छ । आईसीयूमा ८, भेन्टिलेटरमा ३ तथा कोभिड आइसोलेसनमा ३१ जना संक्रमितको उपचार भइरहेको उनले बताए ।

कोभिड आइसोलेसनमा बसेका मध्ये २३ जनालाई समेत अक्सिजन सपोर्ट दिएर उपचार भइरहेको उनको भनाइ छ । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट भए पनि त्यसले धान्न नसकेको उनले बताए । प्लान्टबाट दैनिक ७५ सिलिण्डर अक्सिजन उत्पादन हुने गरेको भएपनि माग भने दैनिक १४० देखि १५० सिलिण्डर रहेको उनले बताए ।